देशको अहिलेको आर्थिक अवस्थामा सुधार्न बर्ष ५ लाखलाई रोजगारी सृजना गर्ने पर्छ – महामन्त्री थापा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत १५ गते
नवलपरासी । देश अहिले आर्थिक संकटबाट अगाडि बढी रहेको नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले बताउनु भयो ।  अहिलेको आर्थिक समस्या समाधान गर्ने उद्योगीलाई उद्योग गर्ने वातावरण सृजना गर्ने बताउनु भयो । अहिले बर्षको ५ लाखलाई रोजगारी दिनु पर्ने उल्लेख गर्दै थापाले भन्नु भयो  -” नेपालमा अहिले यता उता गरेर ५० हजार मात्र युवालाई रोजगारी सृजना भएको छ । बाकी ४ लाख ५० हजार रोजगारी सृजना गर्नु पर्ने छ ।”

 

काङ्ग्रेसले गाठबन्धन गर्दा पार्टीका कार्यकर्तामा व्यापक असन्तुष्ट भएको बताउदै नेता थापाले आसन्न चुनावमा काङ्ग्रेस एक्लै लड्ने बताउनु भयो । ” म सबाद यात्रा लिएर विभिन्न जिल्लाहरुमा पुगेको छु जहाँ गयो त्यहाँ पार्टीले गठबन्धनबाट कार्यकर्ता बीच असन्तुष्टी पाए । आसन्न निर्वाचनमा काङ्ग्रेसले गठबन्धन गर्दैन ।”

पार्टीले चुनावमा गरेको गठबन्धनले पार्टीलाई कहि कतै फाइदा नभएको र पार्टी झन झन निष्क्रिय भएको बताउदै थापाले काङ्ग्रेले अब कलम, हैसा हतैडा, सुर्य वा गिलास कहि कतै भोट हाल्न नलगाउने बताउनु भयो । पन्चायत देखी अहिलेसम्म काम गर्दा धेरै उपलब्धि हासिल भएको बताउदै थापाले काङ्ग्रेसले अब घर झगडाका मिलाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । अवसर पाउँदा सरकार राम्रो संग चलाउने समस्या महसुस गरेको उल्लेख गर्दै थापाले भन्नुभयो – ” काङ्ग्रेसले २०१५, २०४८ र २०५६ साल राम्रो मत पाएको थियो । २ पटक बहुमत पाउदा सरकारको नेतृत्व राम्रो संग समाल्न नसकेकोबाट पार्टीले पाठ सिकेको छ । ”  पार्टीले सिकेको पाठका कारण आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै चुनाव लड्ने थापाको भनाइ छ ।

“समुदायमा जाऔ समाजलाई सुनौ” भन्ने मुल नाराका साथ समुदायमा काङ्ग्रेस अभियान सुरु गरेका महामन्त्री थापालाई अधिकाश कार्यकर्ताले काङ्ग्रेस भित्रको गुटका कारण पार्टी कमजोर भएर बताउदै पार्टीमा गुट र उपगुटको अत्यन्त गर्नु पर्ने सुझाव राखेका छ्न ।

नेपालको आर्थिक अवस्था, अहिलेको अवस्थामा काङ्ग्रेसले खेलेको भुमिका, कृषि, स्वास्थ्य र उद्योगका समस्याहरुमा काङ्ग्रेसको भुमिकाका बिषयमा जिज्ञासा राखेका छन । हरेक नेपाली नेपालमा बस्ने वातावरणको सृजना गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निशुल्क बनाउनु पर्ने , विद्यालय शिक्षा ऎन छिटो ल्याउनका लागी काङ्ग्रेसको भुमिका लगायतका बिषयमा सदन देखी आम समुदाय सम्म काग्रेसको भुमिकाका बिषयमा जिज्ञासा राखेका थिए ।