“नेपाली काङ्ग्रेसले प्रतिपक्षमै बसेर आफ्नो भुमिका ससक्त बनाउछ” – सभापति देउवा 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार ८ गते
नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्‌मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्‌मा नेपाली काङ्ग्रेसले जनताका समस्यालाई प्रभावकारी ढंगले उठाउने बताउनु भयो ।

शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेसपुरमा स्व. पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले काङ्ग्रेस अहिले सत्ता परिवर्तनमा नरहेको संकेत गर्नु भयो । नेपाली कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकाका बिषयमा प्रश्न गरिरहेको बताउदै देउवाले भन्नुभयो – ‘ अहिले काङ्ग्रेसको भुमिका प्रति आलोचना भैरहेको छ । अब काङ्ग्रेस पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’ काङ्ग्रेस सधै जनताको पक्ष रहेको र अहिले पनि जनताकै पक्षमा काम गरिरहेको देउवाको भनाइ छ ।

कार्यक्रममा स्थानीयहरुको गुनासो समेत सुनेका देउवाले महेसपुर मूल भन्सार भएर पनि पूर्णरुपमा संचालनमा आउन नसकेको अवस्थामा भन्सारको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने बताउनु भयो । पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुनु हुन्थियो ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग गरेको बताउदै उहाले मधेशी जनभावना र सुविधामा आँच आउने गरि कुनै पनि कुरा नगर्न चेतावनी दिनुभयो । अहिले सासदले ऎन ल्याउन लाग्नु पर्ने बताउदै नेता त्रीपाटीले भन्नुभयो -” निजामती सेवा ऐन र शिक्षा ऐनलाई तत्काल पारित गर्न ठूला तीन दल सचेत हुनुपर्छ ।”

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक-फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बताउनु भयो ।” बिकासको बिसयमा राजनीति भन्दा माथी उठेर सबै दलले काम गर्न जरुरी छ ।” चौधरीले भन्नुभयो ।

स्व. पृथ्वीराज कण्डेलको नाममा पाल्हीनन्दन १ महेशपुरमा सुविधा सम्पन्न बसपार्क निर्माण भइसकेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कण्डेलको पहलकदमीमा सहरी विकास मन्त्रालयको १ करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं. १ को ३ लाखको लागतमा आकर्षक बसपार्क निर्माण भएको हो  ।