नवलपरासीमा ७१ बर्दघाटमा ४७ जनामा डेङ्गु सक्रमित

प्रकाशित मिति:
प्रकाश न्यौपाने
साउन १७ गते
नवलपरासी । पश्चिम् नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । २०८० श्रावण देखि ०८१ श्रावण महिना सम्म जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन वटा स्थानिय तहमा उक्त संख्याका बिरामी फेला परेको पन्थिले बताउनु भयो । सात वटा पालिका रहेको नवलपरासीमा बर्दघाट नगरपालिकामा ४७ जना ,रामग्राम नगरपालिकामा २१ जना पाल्हीनन्दन गाउँपालिकामा ३ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुस्ता, प्रतापपुर गाउपालिका र सुनवल नगरपालिकमामा  बिरामी फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । तथ्यांक हेर्दा जिल्लामा सबै भन्दा धेरै डेङ्गु संक्रमितको संख्या बर्दघाट नगरपालिकामा देखिएको छ ।
डेङ्गु संक्रमण लामखुट्टे बाट सर्ने हुदा सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक  जिल्लामा ०७९ / ८० चैत्र सम्म तीन सय ३ सय १५ जनामा डेङ्गु फेला परेको तथ्यांकले देखाएको छ ।