बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि

प्रकाशित मिति:

मकवानपुर, असोज : बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलब ०३ प्रतिशतले आर्थिक वर्ष २०८१/८२ को भाद्रसम्मको राजस्व संकलन वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को भाद्र मसान्तसम्म दुई अर्ब ६५ करोड ४३ लाख ४२ हजार संकलन भएको हो। आर्थिक वर्ष २०८०/८१ को भाद्रसम्म २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ। मन्त्रालयको प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अनुमानको ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रहेकोमा भाद्र मसान्तसम्म ३ दशमलब ४७ प्रतिशत मात्रै राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा भने कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलब ११ प्रतिशत राजस्व प्राप्ति भएको हो।

विशेषत बागमती प्रदेशमा घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ।जसमध्ये घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत गत आर्थिक वर्षको भाद्र मसान्तभन्दा २ करोड ३१ लाख बढीले यस आर्थिक वर्षको भाद्र मसान्तसम्म राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।गत आर्थिक वर्षको घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत भाद्रसम्म ६२ लाख २६ हजार राजस्व संकलन भएको थियो।

थप समाचार