भैरहवाको टाईगर प्यालेस रिसोर्टस्‌को व्यवस्थापन सोल्टीले गर्ने

प्रकाशित मिति:

काठमाडौँ । सोल्टी होटेल एण्ड रिर्सोटस्‌ले लुम्बीनीको भैरहवामा अवस्थित पाँचतारे होटेल टाईगर प्यालेस रिसोर्टस् व्यवस्थापन गर्ने भएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्स तथा टाईगर प्यालेस रिर्सोटस (होटेल) बीच शुक्रबार काठमाडौंमा व्यवस्थापन सम्झौता भएको हो । टाईगर प्यालेस रिर्सोटस् (होटेल) भैरहवालाई सोल्टी होटल्स एण्ड रिसोर्ट्स अर्न्तगत सोल्टीले टाइगर्स र प्यालेस वाई सोल्टीको नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्नेछ । सोल्टी होटल्स एण्ड रिसोर्ट्स नेपालको आतिथ्य उद्योगमा अग्रणीय सुविधा सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेन होटलको रुपमा परिचित ब्राण्ड हो ।सोल्टीले भैरहवामा आफ्नो सेवा विस्तार गर्दै नेपालमा लक्जरी आतिथ्यताको अग्रणीयतामा आफ्नो स्थानलाई सुदृढ पार्दै यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विज्ञप्तिमा छ ।