युसिएमएस भैरहवा लुटको खेति : ‘डाक्टरको पर्खाइमा ८ घण्टा पछि बिरामीको मृत्यु’ (भीडियो)

प्रकाशित मिति:

                                              पीडित आमा भन्छिन् मेरो छोरीलाई ओभर डोजको औषधी दिएर नर्सले मारिदिए

                                                                  ♦मेडिकलकलेजमा तनाबग्रस्त अनिश्चित कालिन हड्ताल

पुनहरि बेल्बासे/ भैरहवा – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका नाममा बिरामी माथि कमाउको खेति गरिरहेका छन् । जब बिरामी अस्पतालमा पुग्छन, विभिन्न ल्याब टेष्ट गराइन्छ, अन्य ठाउँमा भएको ल्याब टेष्टको मान्यता गरिँदैन, उही ल्याप अन्य ठाउँमा भन्दा महंगो मूल्य तिरेर गराउन बाध्य हुन्छन् । औषधीमा पनि अन्य मेडिकल हलमा भन्दा चर्को मूल्य तिर्नुपर्ने हुन्छ । अनावश्यक औषधी किनाइन्छ, फिर्ता हुने बेलामा ५० प्रतिशत छुट गरेर औषधी फिर्ता हुन्छ । हामीले धेरै सुन्ने गरेका थियौँ बिकट ठाउँमा डाक्टर नहुँदा बिरामीको मृत्यु भन्ने खबर तर प्रदेश नम्बर ५ को राजधानीको सम्भावित क्षेत्र रहेको भैरहवामा आठ घण्टा सम्मको डाक्टरको पर्खाइमा बिरामीको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ बैजलपुरकी सुविका थापामगरलाई गत शुक्रबार सामान्य पेट दुखेर बुटबलको सिद्धार्थ बाल तथा महिला अस्पताल –आम्दा) अस्पतालमा पु¥याइयो ।

भिडियो एक्सरे गरेर हेर्नु पर्छ भनेर भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा रिफर गरियो । भैरहवाको मेडिकल कलेजमा आइसियुमा पनि राख्ने भनी सुबिकालाई राति १२ बजे भैरहवा अस्पतलमा ल्याइयो । आकस्मिक कक्षमा लगेर भर्ना गरेको बिरामीलाई त्यहाँ कार्यरत नर्सले वार्डमा लगेर राखे, भिडियो एक्सरे, ब्लड चेकको लागि बिल कटाए । सलानीपानी र अन्य औषधी पनि किनाए र बिरामीलाई सुइ घोच्न सुरु गरे । दुखाइ कम गर्ने औषधी आम्दा अस्पतालले लगाएको थियो, तर मेडिकल कलेजमा आइपुगे पछि सलानी पानीमा मिक्स गरे लगाउनु पर्ने औषधी नर्सले बच्चाको नसाबाट लगाइदिए मृतक सुबिकाका मामा सुदिप न्यौपाने भन्छन् । युनिभर्सल मेडिकल कलेज भैरहवामा पु¥याइएकामा आठ घण्टासम्म डाक्टरले नहेर्दा सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण मृत्युको आमा परिवारको आरोप छ । नर्सहरुले ५ मिनेटमा डाक्टर आउनु हुन्छ भन्दा भन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको र साढे ८ बजे बालिकालाई अस्पतालले मृत घोषण गरेको न्यौपाने बताउँछन् ।

भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको मृतकको आमा सुनिता न्यौपाने थापाले बताउनु भयो । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले राम्रोसँग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको उहाँले बताउनु भयो । आठ घण्टासम्म डाक्टर नआएपछि विरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्जको लागि नर्सले नाता प्रमाणित पीडत पक्षको भनाइ छ ।

मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । अस्पतालको लापरवाहीले, ओभरडोज औषधी दिएर बलिकालाई अस्पतालले मारेको हो, ओभरडोज औषधी दिने नर्सलाई कारबाही गर, पीडितलाई न्याय दे भन्दै हडताल गरिरहेका छन् । पीडितले न्याय र दोषीलाई कारबाही हुँदा सम्म आन्दोलन चर्काउने छिमकी बिक्रम बुढाथोकी बताउँछन् ।

उता अस्पताल प्रशासनले भने आमाले पानी खुवाएर छोरीको मृत्यु भएको हो भन्दै आधारहीन जवाफ दिन्छ । के यस्तो आधारहीन जवाफ दिएर अस्पताल उम्कन पाउँछ त ? २४ सैँ घण्टा डाक्टर सहितको सेवा भनेको अस्पतालमा ८ घण्टा सम्म नर्सको भरमा किन बिरामी राखियो ? यो अहिले जन चाँसोको विषय बनेको छ । मेडिकलकलेजमा दैनिक साना ठूला गरी करिब २ हजार बिरामी आउने गरेका छन् । यस्तो अस्पतालमा बिरामीलाई सेवा दिनु भन्दा कमाउको ध्यानमा अस्पताल रहेको छ ।

भीडियो :