काठमाडौं, चैत १९ सरकारले स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ। चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला खरिद सम्झौता रद्द गरिएको हो। ओम्नी समुहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित प्रेस ब्रिफिङमा उनले ओम्नी समूहले सरकारले भने अनुसारका स्वास्थ्य सामग्री ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताए। ‘पहिलो चरणमा सरकारले भनेअनुसार सामान ल्याउन सकेन र दोस्रो चरणको सामान कहिले ल्याउने भन्ने स्पष्ट पार्न नसकेकाले सम्झौता रद्द गरिएको हो,’ उनले भने।काठमाडौप्रेस वाट साभार










