काठमाडौं, जेठ ४ – कोरोना संक्रमणमा आज विहान १० जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज रौतहटमा १० जनामा कोरोनाभाइरसको पोजेटिभ रिर्पोट आएको छ । यो संगै नेपालका कोरोना संक्रमतिको संख्या २ सय ९१ पुगेको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नम्वर ९ निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ बर्षका पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रौतहटकै इशनाथ नगरपालिका वडा नम्वर ३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुष कोरोनाबाट संक्रमति भएको छन् । शनिबारमात्रै एक जना महिलाको कोरोनाका कारण निधन भएको छ ।










