शान्ति नमुनामा क्लवहरूको पुर्नगठन

तिलोत्तमा, जेठ ७ । रूपन्देहीको तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा विभिन्न क्लवहरूको पुर्नगठन गरिएको छ । १५ सदस्यीय बाल क्लवको अध्यक्षमा मेलिना घिमिरे, उपाध्यक्षमा आकृति पाण्डे र सुमित गिरी, सचिवमा सुवेक्षा पाण्डे, कोषाध्यक्षमा नेत्र बानिया र सहसचिवमा विवेक मिश्र चयन भएको क्लव संयोजक रजनी के.सी.ले जानकारी दिनुभयो ।
यसैगरी युवा रेडक्रस सर्कलको १५ सदस्यीय नयाँ समिति पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा दिपिसा थापा, उपाध्यक्षमा ऋतिक गौतम, सचिवमा ईसा पुन, कोषाध्यक्षमा कृतिका न्यौपाने र सहसचिवमा समृद्धि ज्ञवाली चयन भएको संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस्तै क्विज क्लवको अध्यक्षमा दर्पण बाँनिया, उपाध्यक्षमा कृतिका पोखरेल र कृतिका न्यौपाने चयन भएका छन् भने कोषाध्यक्षमा करण कुमार लोध चयन भएको क्लवका संयोजक रचना सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, एस क्यू सीको अध्यक्षमा सुयस पौडेल, उपाध्यक्षमा कृतिका शाह, सचिवमा दिव्या न्यौपाने र कोषाध्यक्षमा मिरा तिमिल्सिना चयन भएको संयोजक प्रकाश चापागाइले बताउनुभयो ।
यसैगरी शान्ति साहित्य वाटिकाको पनि पुनर्गठन भएको छ । जसको अध्यक्षमा दिपेन्द्र बाँनिया, उपाध्यक्षमा सुवेक्षा पाण्डे, सचिव रिया ज्ञवाली, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष सुप्रिम पाण्डे चयन भएको संयोजक भीम भुसालले जानकारी दिनुभयो ।
यस्तै, शान्ति गणित क्लवको अध्यक्षमा सन्देश कंडेल, उपाध्यक्ष रामचरण जैसवाल, सचिव सुशान्त भण्डारी, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष शिव खनाल चयन भएको संयोजक डिल्लीराज पाण्डेले बताउनुभयो । ।
यस्तै इको क्लवको अध्यक्षमा गरिमा गुरुङ, उपाध्यक्ष पुष्पराज अर्याल, सचिव लिला कुँवर, सहसचिव प्रशंसा पाण्डे, कोषाध्यक्ष आयुष्मा भुसाल चयन भएको संयोजक शारदा पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी इन्ट्रयाक्ट क्लव अफ शान्तिको अध्यक्षमा विश्व ज्ञवाली, उपाध्यक्षमा प्रसंशा खनाल, सचिव प्रसिद्धि पुन, सहसचिवमा दिप्सिखा ढकाल, कोषाध्यक्षमा समिर कालीराज चयन भएको संयोजक कमल भट्टराईले बताउनुभयो ।
यस्तै आइसिटि क्लवको अध्यक्षमा संयोग ज्ञवाली, उपाध्यक्षमा गुञ्जित ज्ञवाली, सचिवमा दिपशिखा ढकाल र कोषाध्यक्षमा संकल्प पाण्डे चयन भएको संयोजक हिमाल पाण्डेले जानकारी दिनुभयो ।

शान्ति नमुनामा शैक्षिक पुरस्कार वितरण

तिलोत्तमा, जेठ २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शैक्षिक पुरस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्राथमिक तहबाट २ सय ६५ र कक्षा १ देखि ९ सम्मका कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने १ सय ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको हो ।
सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कौशिला रायमाझी, विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, मा.वि. तह संयोजक धर्मगत शर्मा , प्राथमिक तह संयोजक बसन्ती भण्डारी, कक्षा ४–५ संयोजक सीता पुर्जा लगायतले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

तस्विरः प्रकाश चापागाइ

 

शान्ति नमुनामा विदाई कार्यक्रम

तिलोत्तमा, चैत ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डिएचएम पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार विदाई कार्यक्रम गरिएको छ । डिएचएम पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम विदाई गरेका हुन् । विद्यार्थी शुसिल टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सिपयुक्त शिक्षामा जोड दिएको र आगामी दिनमा प्रत्येक विद्यार्थीले विद्यालयबाट बाहिरिदा केही न केही सिप सिकेर जाने वातावरण तयार पारिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, डिएचएम संयोजक भोजराज वस्ती लगायतले विद्यार्थीहरुलाई उज्जवल भविष्यको लागि शुभकामना दिनुभएको थियो ।
दिलिप क्षेत्री र आस्था तिवारीको सञ्चालनमा भएको कार्यक्रममा विदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
पाँचौ सेमेस्टरका विद्यार्थीहरुले अब भने देश तथा विदेशका होटलहरुमा इन्टनसिप गर्ने डिएचएम संयोजक भोजराज वस्तीले बताउनुभयो ।

 

 

शान्ति नमुनामा शिक्षाको संसारबाट कामको संसार कार्यक्रम

तिलोत्तमा, चैत ३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम अन्तरगत शिक्षाको संसारबाट कामको संसार चिनाउने कार्यक्रम सम्पन्न भएको छ । इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित कार्यक्रममा विषय विज्ञहरुहरुले विद्यार्थीहरुले रोजेको वृत्तिमा रहेका सम्भावना र अवसरका वारेमा प्रकाश पार्नुभएको थियो ।
कक्षा ९ का विद्यार्थीहरुलाई १२ समूहमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रममा डा. समिर गौतम, इन्जिनियर इश्वरी न्यौपाने, उद्यमी राजकुमार पाण्डे, सिए योगेन्द्र बास्तोला, स्टाफ नर्स गरीमा लामिछाने, होटल म्यानेजर सुवर्ण वर्मा, अभिवक्ता सञ्जीव बस्याल र व्यवसायी प्रकाश चापागाईले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।
विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी उनीहरुलाई सम्बन्धित क्षेत्रको वास्तविक अनुभव हासिल होस् भनेर यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
विद्यार्थीहरुलाई थप ज्ञान हासिल गराउनका लागि सम्बन्धित क्षेत्रको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमका संयोजक रजनी के.सी. ले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन वृत्ति मार्गनिर्देशन शिक्षक दिनेश खड्का र शिक्षक भीम भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा करीव ६ सय २५ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

  

शान्ति नमुनाले मनायो ६६ औं वार्षिकोत्सव; शिक्षालाइ सिपसँग जोड्छाै : मन्त्री तिमिल्सिना

रुपन्देही,माघ २१ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाइ सिपसँग जोड्नका लागि लुम्बिनी प्रदेश सरकार लागिपरेको भन्दै शिक्षाको अवसरबाट कोही पनि बञ्चित हुने अवस्था नहोस भन्नेमा आफू सचेत रहेको बताउनुभयो । उहाँले शान्ति नमुनाले सबैकाे मन जितेर देशकाे शैक्षिक उचाइ चुम्न सफल हुनुमा कुशल प्रशासन, मेहनती शिक्षक, सचेत अभिभावक र कर्मशिल विद्धार्थीकाे समिश्रण भएकाे बताउँदै यसलाइ निरन्तरता दिएर सधैं अब्बल बन्न अाग्रह गर्नुभयाे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, शिक्षा तालिम केन्द्र लुम्बिनीका प्रमुख दिवाकर भण्डारी, सर्वोच्च अदालतका पूर्व न्यायाधीश  तेज बहादुर के. सी. , नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्याैपाने लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशकै उत्कृष्ट विद्यालय भएतापनि विद्यार्थी संख्याका आधारमा दरबन्दीको अभाव रहेको भन्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ५० जना शिक्षक कर्मचारी, १ जना सेवा निवृत शिक्षक, ७ जना समाजसेवी, १९ जना उत्कृष्ट अभिभावक र १० जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये आर्ट क्लव र स्काउट क्लवलाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने ५६ जना र कक्षा १२ मा ए प्लस ल्याउने ३९ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ११ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने कान्ति मा.वि.लाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त सुनगाभा बोर्डिङ स्कुललाइ नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्यले गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयकाे वार्षिक मुखपत्र नानीकाे विमाेचन गरिएकाे थियाे भने विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए । विद्यालयमा हाल करिव ६३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय २९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर-देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट पौडेललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । कान्तिपुर टेलिभिजनका संवाददाता रहनुभएका पौडेललाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको गतिविधिहरुलाई पत्रिकारिताको माध्यमबाट जनमानसमा पु¥याउन गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
यसैगरी, वार्षिकोत्सवमा अवसरमा सोमबार पुस्तक प्रदशनी गरिएको छ । विशाल पुस्तक सदन, बुटवल बुक्स मार्ट, ग्यालेक्सी बुक्स र श्रीराम बुक्स एण्ड स्टेशनरीसँगको सहकार्यमा पुस्तक प्रदर्शनी गरिएको हो । प्रदशनीमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले आफुलाई मन पर्ने पुस्तकहरु खरिद गरेका थिए ।

 

शान्ति नमुनामा छात्रवृत्ति वितरण

तिलोत्तमा, माघ २० । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आइतबार छात्रवृत्ति वितरण गरिएको छ । अक्षयकोष दाताहरुले स्थापना गरेको ६५ वटा छात्रवृत्तिबाट करीव १ करोण १७ लाखको मुल धनबाट छात्रवृत्ति वितरण गरिएको हो । पढाई तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा दिने तथा अभिभावक विहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिनुभयो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंको प्रमुख आतिथ्यता तथा कक्षा ११–१२ का संयोजक राजेन्द्र के.सी.को सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सञ्चालन गरेका गतिविधिहरुको बारेमा अवगत गराउँदै पुण्य कार्यमा योगदान पु¥याउने अक्षयकोषदाताहरुलाई आभार व्यक्त गर्नुभयो ।
यसअघि आइतबार बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ । विद्यालयमा क्रियाशिल १७ वटा क्लवको सहभागितामा मणिग्राम आसपासमा प्रभातफेरि कार्यक्रम गरिएको संयोजक रजनी के.सी. ले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको मुल कार्यक्रम माघ २१ गते सोमबार हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, पि.टि. प्रदर्शनी, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।

शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

रुपन्देही,माघ ११ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ १५ गते मंगलबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौड्यालले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
यसैबिच वार्षिकोत्सवको अवसरमा विभिन्न तहमा दौड, भलिवल, घैटो फोड, कुर्सी दौड, साहित्यिक लगायतका प्रतियोगिता भैरहेको विद्यालयले जनाएको छ ।

 

शान्ति नमुनामा अन्तरक्रिया कार्यक्रम

रुपन्देही, मंसिर १७ ।  रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा ३२ औं विश्व अपाङ्गता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक, शिक्षक तथा विद्यार्थीहरु बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालयका समाहित शिक्षा संयोजक शिक्षक सीता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले सबै प्रकारका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने काममा लागिरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई अझ सहज वातावरणमा सिकाई उपलब्धि हासिल गर्न मद्धत गर्ने प्रतिवद्दता जनाउनुभयो ।
आषिश ढकालको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक रामप्रसाद पौडेल, शारदा घिमिरे, अटिजम रुपन्देहीकी मोनिका घिमिरे, वायुन रुपन्देहीका सन्तोष न्यौपाने लगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सिकाई उपलब्धि तथा विद्यालयले गरेका विविध कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस्तै अटिजम र अन्य शारीरिक अपाङ्गताका विषयमा समेत जानकारी गराइएको थियो ।

शान्ति नमुना र न्यू होराइजन फाइनलमा भिड्ने

तिलोत्तमा, असोज २९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा होराइजन जिविएसलाई २–० गोल अन्तरले हराउदै आयोजक शान्ति नमुनाको समूह बि फाइनलमा प्रवेश गरेको हो । शान्तिको जितका लागि सुरज थापाले दुवै गोल गरेका थिए । यस्तै अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै न्यू होराइजन मा.वि. फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलमा होराइजन जि.वि.एस.का विष्णु पल्ली र अक्सफोर्ड मा.वि.का सुरज पराजुली म्यान अफ दि म्याच भई पुरस्कृत भएको प्राविधिक संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार ३ बजे तेस्रो स्थानका लागि होराइजन जि.वि.एस. र अक्सफोर्ड मा.वि. खेल्नेछन् भने ४ बजे हुने फाइनल खेलमा गत वर्षको विजेता शान्ति नमुना र गत वर्षको उपविजेता न्यू होराइजन आमने सामने हुने छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

 

तिलोत्तमा, असोज २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का गणेश पराजुली, अरनिको बोर्डिङका अजय थापा र न्यू इन्भाइरमेन्ट मा.वि.का पदम राना म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
सोमबार ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविएसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

© Sabal Post. 2025 All rights reserved. | Technology Partner: LgmNepal