शान्ति नमुनामा अन्तरक्रिया कार्यक्रम

रुपन्देही, मंसिर १७ ।  रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा ३२ औं विश्व अपाङ्गता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक, शिक्षक तथा विद्यार्थीहरु बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालयका समाहित शिक्षा संयोजक शिक्षक सीता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले सबै प्रकारका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने काममा लागिरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई अझ सहज वातावरणमा सिकाई उपलब्धि हासिल गर्न मद्धत गर्ने प्रतिवद्दता जनाउनुभयो ।
आषिश ढकालको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक रामप्रसाद पौडेल, शारदा घिमिरे, अटिजम रुपन्देहीकी मोनिका घिमिरे, वायुन रुपन्देहीका सन्तोष न्यौपाने लगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सिकाई उपलब्धि तथा विद्यालयले गरेका विविध कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस्तै अटिजम र अन्य शारीरिक अपाङ्गताका विषयमा समेत जानकारी गराइएको थियो ।

शान्ति नमुना र न्यू होराइजन फाइनलमा भिड्ने

तिलोत्तमा, असोज २९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा होराइजन जिविएसलाई २–० गोल अन्तरले हराउदै आयोजक शान्ति नमुनाको समूह बि फाइनलमा प्रवेश गरेको हो । शान्तिको जितका लागि सुरज थापाले दुवै गोल गरेका थिए । यस्तै अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै न्यू होराइजन मा.वि. फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलमा होराइजन जि.वि.एस.का विष्णु पल्ली र अक्सफोर्ड मा.वि.का सुरज पराजुली म्यान अफ दि म्याच भई पुरस्कृत भएको प्राविधिक संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार ३ बजे तेस्रो स्थानका लागि होराइजन जि.वि.एस. र अक्सफोर्ड मा.वि. खेल्नेछन् भने ४ बजे हुने फाइनल खेलमा गत वर्षको विजेता शान्ति नमुना र गत वर्षको उपविजेता न्यू होराइजन आमने सामने हुने छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

 

तिलोत्तमा, असोज २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का गणेश पराजुली, अरनिको बोर्डिङका अजय थापा र न्यू इन्भाइरमेन्ट मा.वि.का पदम राना म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
सोमबार ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविएसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

शान्तिमा जारी फुटबलमा आइतबारदेखि क्वाटर फाइनलका खेल हुने

तिलोत्तमा, असोज २७ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबारदेखि क्वाटर फाइनलका खेल हुने भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट क्वाटर फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलमा आयोजक शान्ति नमुनाका दुवै समुह, लिटल प्याराडाइज बोर्डिङ, होराइजन जि.वि.एस., अरनिको बोर्डिङ, अक्सफोर्ड मा.वि., न्यू होराइजन मा.वि. र न्यू इन्भाइरमेन्ट मा.वि.ले क्वाटर फाइनलका लागि सिट सुरक्षित गरेका हुन् ।
आज सञ्चालित खेलहरुमा सिद्धार्थ बोर्डिङका संगम सिंजाली, स्कलर्स होमका विवेक मल्ल, जनभावना मा.वि.का युवराज भट्टराई, केरवानी मा.वि. का संगम काफ्ले, शंकरनगर दुर्गादत्त मा.वि.का सागर थापा, देवदह मा.वि.का दिल कुमार बि.क., बुटवल पब्लिकका पूर्ण बहादुर श्रेष्ठ, पशुपति मा.वि. का रविन सारु म्यान अफ दि म्यान भई पुरस्कृत भएको शान्ति स्र्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी. बताउनुभयो ।
आइतबारको पहिलो खेलमा बिहान ७ बजे होराइजन जिविसले शान्ति नमुना समूह ए को सामना गर्नेछ भने दोस्रो खेलमा लिटल प्याराडाइज र शान्ति नमुनाको समूह बि आमने सामने हुनेछन् ।
त्यस्तै साँझ हुने तेस्रो खेलमा अरनिको बोर्डिङ र अक्सफोर्ड मा.वि.ले प्रतिस्पर्धा गर्नेछन् भने अन्तिम खेलमा न्यू होराइजन मा.वि.ले न्यू इन्भाइरमेन्ट मा.वि.को सामना गर्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका प्राविधिक संयोजक शुसिल पाण्डेले बताउनुभयो ।

 

शान्तिको फुटबलमा सिद्धार्थ र जनभावना विजयी

तिलोत्तमा, असोज २५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा आज बिहिबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आजको खेलमा सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल र जनभावना मा.वि. विजयी भएका छन् ।
आजको पहिलो खेलमा सिद्धार्थले नविन औद्योगिक कद्धर बहादुर रीता माध्यमिक विद्यालयललाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा जनभावना मा.वि.ले जन ज्योती मा.वि.लाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो । दुवै खेलहरु निर्धारित समयमा गोल रहित बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा धकलिएका थिए ।
आजको पहिलो खेलमा नविन औद्योगिकका केशव भण्डारी र दोस्रो खेलमा जन ज्योतीका सुदिप पाण्डे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।
यसअघि क्लवका अध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले खेलको माध्यमबाट विद्यालयका शिक्षक कर्मचारीबिचको आत्मीयता अभिबृद्धि हुने हुँदा यस प्रकारको खेल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, कार्यपालिका सदस्य सुरेन्द्र श्री, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो ।
प्रतियोगिता अन्तरगत भोलीको खेलमा पर्ल सेकेन्डरी स्कुलले देवदह माध्यमिक विद्यालयको सामना गर्नेछ भने दोस्रो खेलमा शान्ति नमुनाको समुह सि र पशुपति मा.वि.को समुहबिच खेल हुने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्ति नमुनामा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण

तिलोत्तमा, साउन २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा
कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक धारतर्फका संयोजक भीम पाण्डे, एचएम विषय संयोजक ओम खत्रीले विद्यार्थीहरुलाई सम्बन्धि विषय र सो क्षेत्रका अवसरका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कक्षा ११ तथा डिएचएमका संयोजक भोजराज वस्तीको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यस्थापन, शिक्षा र कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस्तै, विज्ञान विषयमा भर्ना भएका विद्यार्थीहरुको लागि पनि दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सहायक–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान विषय संयोजक लिलाबल्लभ पाण्डेले विज्ञान विषयका अवसरका क्षेत्रहरु बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले हजारौ विद्यार्थीहरुको शैक्षिक सहयात्री बनेर सक्षम र नैतिकवान नागरिक उत्पादनमा विद्यालय परिवार लागि पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण शिक्षक दिग्विजय अधिकारीले गर्नुभएको थियो ।

शान्ति नमुनामा गड्यौला पालनका लागि अभिमुखिकरण

तिलोत्तमा,असार २३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा गड्यौला पालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एक विद्यार्थी एक सिप कार्यक्रम अन्तरगत प्राङगारिक मल बनाउन गड्यौला पालन सम्बन्धी अभिमुखिकरण गरिएको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुमध्ये छनौटमा परेका १ सय जना विद्यार्थीहरुलाई तालिम दिन लागिएको हो ।
कार्यक्रमममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले यस तालिमबाट विद्यार्थीहरुलाई सिपयुक्त व्यक्ति बनाई उनीहरुलाई आयआर्जनमा समेत लाग्न सहज हुने गरी तालिम दिइने बताउनुुभयो ।
कार्यक्रममा पार्वती पशु तथा कृषि फार्मका सञ्चालक तथा प्रशिक्षक आषिश लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले गड्यौला पालनका फाइदा , विधि, प्रजातिहरु लगायतका विषयमा अभिम’खिकरण गर्न‘भएको थियो ।
विद्यार्थीहरुलाई दोस्रो चरणको तालिम प्रदान गरेर व्यवस्थित तरिकाले गड्यौला पालन र मल उत्पालनका लागि योग्य बनाउने कार्यक्रम रहेको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिनुभयो ।
यसैबिच, शुक्रबारीय कार्यक्रम अन्तरगत कक्षा प्ले गु्रपदेखि यूकेजीमा एल्लो कलर डे, कक्षा १ देखि ३ सम्म विद्यालय अवलोकन कार्यक्रम, कक्षा ४ र ५ का विद्यार्थीहरुको मोक्षधान मानव सेवा आश्रम भ्रमण र कक्षा ७ देखि ९ सम्म कथा निर्माण र वाचन कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

 

शान्ति नमुनामा ह्याकाथन कार्यक्रम

तिलोत्तमा, जेठ २८ ।रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर विद्यालय ह्याकाथन कार्यक्रम भएको छ ।
तिलोत्तमा नगरपालिकाको एक विद्यालय–एक सिर्जनशील कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुबीच प्रविधिमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको हो । सामाजिक तथा आर्थिक विकासको क्षेत्र अन्तरगत देखा पर्ने विभिन्न प्राविधिक सस्याहरु पत्ता लगाएर त्यसको समाधानको लागि विभिन्न एप्लिकेशन तथा वेव साइट डिजाइन गरी प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले १८ वटा एप्लिकेशनहरु तयार गरी प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शान्ति नमुना मा.वि.का विद्यार्थीहरु प्रवेश खनाल, विष्णु खनाल र शिव यादवको प्ले स्टोर समुह प्रथम भएको छ । यस्तै शान्ति नमुना मा.वि. कै विद्यार्थीहरु हार्दिक चापागाँई ,रसिस पाठक र सन्जय भण्डारीको युट्युव समुह द्धितीय भएको छ भने शान्तिकै सुदिप बस्याल, विनय भट्टराई र राजन टण्डनको ट्विटर समुह तृतीय भएको छ । शंकरनगर दुर्गादत्त मा.वि. का विद्यार्थीहरु हर्षिता घिमिरे, सदिक्षा कंडेल र डेभेन सुनारको क्विक हिल समुहले प्रोत्साहन स्थान हासिल गरेको छ ।
विद्यार्थीहरुले एचटिएमएल, सिएसएस, सि प्लस प्लस, जाभा स्किृप्ट जस्ता कम्प्युटर प्रोग्रामको प्रयोग गरेर एप्लिकेशनहरु तयार पारेको प्रतियोगिताका संयोजक शेखर पौडेलले बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुमे्र, वडा नं ६ का अध्यक्ष गणेश पाठक, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी लगायतले बोल्दै कार्यक्रमले विद्यार्थीको रुची र क्षमतालाई पहिचान गर्न सकेको बताउनुभयो । यस क्षेत्रमा विल्कुलै फरक र नयाँ कार्यक्रम रहेको भन्दै उहाँहरुले यसको निरन्तरतामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन पारस चापागाँईले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाश चापागाँईले राख्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा अनन्त पाण्डे, शिव भट्टराई र सुसान्त मल्लले योगदान पु¥याउनु भएको थियो ।

 

शान्तिका सहयाेगी साथीहरू पुरष्कृत

तिलोत्तमा, जेठ २१ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका सहयाेगी साथीहरूको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले सहयाेगी साथीकाे रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो ।
निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले सहयाेगी साथी  मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।
शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा सहयाेगी साथी कार्यक्रम चलिरहेको छ ।

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार अभिभावक भेला गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापकहरु किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिनुभएको थियो । कार्यक्रमको सहजिकरण कक्षा ९ का संयोजक रजनी के.सी.ले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।

© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal