शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

रुपन्देही, फागुन २ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको परिवर्तनमा अमूल्य योगदान पु¥याउने भन्दै त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा शैक्षिक गुणस्तरलाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी ,अक्षयकोषदाता प्रेम बहादुर भण्डारी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ४९ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, २ जना समाजसेवी, २६ जना उत्कृष्ट अभिभावक र ८ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये बाल क्लव र आइसिटि क्लवलाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने १९ जना र कक्षा १२ उत्तीर्ण ३ सय ४८ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी डिएचएममा विशिष्ट श्रेणीमा उत्तीर्ण २ जना र वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षयकोषबाट २ सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने एनसिसिका ७६ जनालाई समेत पुरस्कृत गरिएको थियो । यसैगरी १२ कोठे भवनको उद्घाटन तथा ३६ कोठे भवनको शिलान्यास समेत गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने सुनगाभा बोर्डिङ स्कुललाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए ।
विद्यालयमा हाल करिव ६ हजार विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार यमलाल भुसाललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट भुसाललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । राज्य टेलिभिजनका समाचार प्रमुख रहनुभएका भुसाललाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको गतिविधिहरुलाई पत्रिकारिताको माध्यमबाट जनमानसमा पु¥याउन गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

 

तिलोत्तमा, माघ २९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको आयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रक्तदानले मानव जीवन बचाउने भन्दै विद्यार्थी जीवनबाटै मानवीय र सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले विद्यार्थीहरुमा मानवीय भावनाको विकास गराउदै उनीहरुमा सदभावनाको विकास गराउन यस प्रकारका कार्यक्रम गरेको बताउनुभयो ।
यसैबीच, विद्यार्थीहरुको पढाईप्रति अभिरुचि जगाउने उद्धेश्यका साथ पढाई महोत्सव गरिएको छ । पढाइ महोत्सवमा कक्षा १, २ , ३ का विद्यार्थीहरु सहभागी भएर पढाइका विभिन्न क्रियाकलापमा सहभागी भएको कार्यक्रमका संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी खेल सप्ताहमा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सल्लाहकारहरु रोमणी प्रसाद पाठक, टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु बुद्धि प्रसाद डुम्रे, चन्द्रकान्त खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष जमुना तिवारी, सदस्य सुनिता पाण्डे, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेय लगायत सहभागी हुनुभएको थियो ।
वार्षिकोत्सवको मुल कार्यक्रम फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, पत्रकार सम्मान, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।

 

शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

तिलोत्तमा, माघ २८ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु.९ हजार, तृतीय भई सुनगाभा बोर्डिङ स्कुलले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुलले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।
यसअघि उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीको सृजनशिलता बढाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गर्नुभएको थियो ।
त्यस्तै आइतबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिनुभयो । विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , चुकौनी, अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा २३ वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियो ।
यसैबीच ६५ औं वार्षिकोत्सवका अवसरमा सोमबार विद्यालयमा रक्तदान, पढाई महोत्सव, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति , पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, हालै बनेको भवनको उद्घाटन, ३६ कोठे भवनको शिलान्यास तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनामा विभिन्न प्रतियोगिता सम्पन्न

रुपन्देही, माघ २६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे र समिक्षा पंगेनीको समूह प्रथम भएको छ । यस्तै आर्यन भुसाल, अरिका पान्डे र कपिल भण्डारीको समूह द्वितीय , केदार ज्ञवाली, आदित्य विश्वकर्मा र सलिना रेग्मीको समूह तृतीय तथा हिमा पंगेनी, अञ्जली गुप्ता र अनु कुमारी कुवरको समूहले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
हाजिरी जवाफ क्लवका संयोजक मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुबिच भएको वक्तृत्वकला प्रतियोगितामा साक्षी गुप्ता प्रथम, एन्जिला पाण्डे द्वितीय , आविश्कार ज्ञवाली तृतीय र सुरेन्द्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी.को अध्यक्षता तथा शिक्षक भीमलाल भुसालको सञ्चालनमा भएको प्रतियोगितामा कोपिला शर्मा, जमुना रिजाल र बिमला अर्याल निर्णायकको रुपमा रहनुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म भएको छात्रातर्फको फुटवलमा निलगिरी सदन प्रथम, मनास्लु सदन द्वितीय र कञ्जनजङ्गा सदन तृतीय भएका छन् । छात्रतर्फको क्रिकेट प्रतियोगितामा सगरमाथा सदन प्रथम र मनास्लु सदन द्वितीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी ८०० मिटर, ४०० मिटर दौड, कबड्डी, ट्रिपल जम्प, भलिवल लगायतका खेलहरु समेत सम्पन्न भएको विद्यालयले जनाएको छ । यस्तै छात्रतर्फको घैटो फोडमा विज्ञान गिरी प्रथम भएका छन् ।
वार्षिकोत्सवको अवसरमा माघ २८ गते आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा खाना महोत्सव, २९ गते रक्तदान, पढाई महोत्सव, शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले बताउनुभयो ।
वार्षिकोत्सवको मूल समारोह फागुन २ गते हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ ।

शान्ति नमुनामा रचनात्मक कार्यक्रम

रुपन्देही, माघ २५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बिहिबार विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
विद्यालयको ६५ औं वार्षिकोत्वका अवसरमा भएको कक्षा ११ र १२ तर्फको कविता वाचन प्रतियोगितामा विवेक बस्याल प्रथम, विकास खनाल द्वितीय , आशिक पन्थी तृतीय र विपना भण्डारीले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
यस्तै वादविवाद प्रतियोगितामा सम्पदा भट्टराई प्रथम, आशिक पन्थी द्वितीय , प्रवेश पाण्डे तृतीय र योजना सारुले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा अधिवक्ता तुल्सीराम ढकाल, शिक्षकहरु भीमलाल भुसाल, जमुना रिजाल, उदयराज बस्याल र गणेश ज्ञवाली निर्णायकको रुपमा रहनुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म भएको कविता वाचन प्रतियोगितामा शुभेच्क्षा पाण्डे प्रथम, सुरेन्द्र बानिया द्वितीय , साक्षी गुप्ता तृतीय र नेत्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
त्यस्तै वादविवाद प्रतियोगितामा सुरेन्द्र बाँनिया प्रथम, एन्जिला पाण्डे द्वितीय , शुभेच्क्षा पाण्डे तृतीय र ईशा न्यौपानेले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरु आनन्द प्रसाद अर्याल, ज्योती अर्याल र बिमला अर्याल निर्णायकको भूमिकामा रहनुभएको थियो ।
रचनात्मक कार्यक्रम अन्तरगत शुक्रबार कक्षा ११ र १२ तर्फ हाजिरी जवाफ प्रतियोगिता र कक्षा ६ देखि ९ सम्म वक्तृत्वकला प्रतियोगिता हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले बताउनुभयो ।
यस्तै खेल सप्ताह अन्तरगत बिहिबार क्रिकेट, ४०० र ८०० मिटर दौड, हाइजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, घैटो फोड लगायतका खेलहरु सम्पन्न भएको विद्यालयले जनाएको छ ।

शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

रुपन्देही,माघ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ २८ गते आइतबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।
वार्षिकोत्सजको अवसरमा माघ २८ गते खाना महोत्सव, २९ गते रक्तदान र फागुन २ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा खेल सप्ताह जारी

रूपन्देही, माघ २३ । रूपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत मंगलबार पनि विभिन्न क्षेत्रका खेल भएका छन् । जुनियर १–३, सेक्टर २ (४–५), ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।
दोस्रो दिनको खेलमा ६–९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।
आज भएको चेसको फाइनलमा कक्षा नौका शिशिर बस्याल प्रथम, कक्षा सातका उत्सव खरेल द्वितीय र कक्षा नौका पवन काफ्ले तृतीय भएका छन् ।
यस्तै शिक्षकहरुबीच भएको कुर्सी दौडमा जनुका रेग्मी प्रथम, गोमता ढकाल द्वितीय र गीता पन्थी तृतीय भएको प्रतियोगिता संयोजक सीता गौतमले जानकारी दिनुभयो ।
जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र–छात्रा, थ्री लेग रेस, मिठाई दौड, शुज रेस, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, ब्याग रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु भएको प्राथमिक तह इन्चार्ज बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कक्षा कक्षा ११ र १२ तर्फ सटपुट, फुटबल, ब्याडमिन्टन, हाइजम्प, लङ्गजम्प, १०० मिटर दौड लगायतका प्रतियोगिता सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा अन्तरक्रिया कार्यक्रम

रुपन्देही, मंसिर १७ ।  रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा ३२ औं विश्व अपाङ्गता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक, शिक्षक तथा विद्यार्थीहरु बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालयका समाहित शिक्षा संयोजक शिक्षक सीता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले सबै प्रकारका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने काममा लागिरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई अझ सहज वातावरणमा सिकाई उपलब्धि हासिल गर्न मद्धत गर्ने प्रतिवद्दता जनाउनुभयो ।
आषिश ढकालको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक रामप्रसाद पौडेल, शारदा घिमिरे, अटिजम रुपन्देहीकी मोनिका घिमिरे, वायुन रुपन्देहीका सन्तोष न्यौपाने लगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सिकाई उपलब्धि तथा विद्यालयले गरेका विविध कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस्तै अटिजम र अन्य शारीरिक अपाङ्गताका विषयमा समेत जानकारी गराइएको थियो ।

शान्ति नमुना र न्यू होराइजन फाइनलमा भिड्ने

तिलोत्तमा, असोज २९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा होराइजन जिविएसलाई २–० गोल अन्तरले हराउदै आयोजक शान्ति नमुनाको समूह बि फाइनलमा प्रवेश गरेको हो । शान्तिको जितका लागि सुरज थापाले दुवै गोल गरेका थिए । यस्तै अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै न्यू होराइजन मा.वि. फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलमा होराइजन जि.वि.एस.का विष्णु पल्ली र अक्सफोर्ड मा.वि.का सुरज पराजुली म्यान अफ दि म्याच भई पुरस्कृत भएको प्राविधिक संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार ३ बजे तेस्रो स्थानका लागि होराइजन जि.वि.एस. र अक्सफोर्ड मा.वि. खेल्नेछन् भने ४ बजे हुने फाइनल खेलमा गत वर्षको विजेता शान्ति नमुना र गत वर्षको उपविजेता न्यू होराइजन आमने सामने हुने छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

 

तिलोत्तमा, असोज २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का गणेश पराजुली, अरनिको बोर्डिङका अजय थापा र न्यू इन्भाइरमेन्ट मा.वि.का पदम राना म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
सोमबार ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविएसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal