शान्ति नमुनामा गड्यौला पालनका लागि अभिमुखिकरण

तिलोत्तमा,असार २३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा गड्यौला पालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एक विद्यार्थी एक सिप कार्यक्रम अन्तरगत प्राङगारिक मल बनाउन गड्यौला पालन सम्बन्धी अभिमुखिकरण गरिएको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुमध्ये छनौटमा परेका १ सय जना विद्यार्थीहरुलाई तालिम दिन लागिएको हो ।
कार्यक्रमममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले यस तालिमबाट विद्यार्थीहरुलाई सिपयुक्त व्यक्ति बनाई उनीहरुलाई आयआर्जनमा समेत लाग्न सहज हुने गरी तालिम दिइने बताउनुुभयो ।
कार्यक्रममा पार्वती पशु तथा कृषि फार्मका सञ्चालक तथा प्रशिक्षक आषिश लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले गड्यौला पालनका फाइदा , विधि, प्रजातिहरु लगायतका विषयमा अभिम’खिकरण गर्न‘भएको थियो ।
विद्यार्थीहरुलाई दोस्रो चरणको तालिम प्रदान गरेर व्यवस्थित तरिकाले गड्यौला पालन र मल उत्पालनका लागि योग्य बनाउने कार्यक्रम रहेको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिनुभयो ।
यसैबिच, शुक्रबारीय कार्यक्रम अन्तरगत कक्षा प्ले गु्रपदेखि यूकेजीमा एल्लो कलर डे, कक्षा १ देखि ३ सम्म विद्यालय अवलोकन कार्यक्रम, कक्षा ४ र ५ का विद्यार्थीहरुको मोक्षधान मानव सेवा आश्रम भ्रमण र कक्षा ७ देखि ९ सम्म कथा निर्माण र वाचन कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

 

शान्तिका सहयाेगी साथीहरू पुरष्कृत

तिलोत्तमा, जेठ २१ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका सहयाेगी साथीहरूको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले सहयाेगी साथीकाे रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो ।
निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले सहयाेगी साथी  मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।
शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा सहयाेगी साथी कार्यक्रम चलिरहेको छ ।

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार अभिभावक भेला गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापकहरु किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिनुभएको थियो । कार्यक्रमको सहजिकरण कक्षा ९ का संयोजक रजनी के.सी.ले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।

शान्ति नमुनाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

रुपन्देही, पुष २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता आगामी माघ ९ गते सोमबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१० हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार, तृतीय हुनेलाई नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।

 

आयोजक शान्ति नमुना जिल्ला स्तरीय फुटवलको फाइनलमा

तिलोत्तमा, असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा आयोजक टिम फाइनलमा पुगेको छ ।

रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज आइतबार भएको पहिलो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि. लाई ४–० को गोल अन्तरले हराउँदै शान्ति नमुना फाइनलमा पुग्न सफल भएको हो ।
शान्ति नमुनाको जीतका लागि उत्सव गुरुङले २ गोल गरे भने शेखर पौडेल र पदम चौधरीले १–१ गोलको योगदान गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिको फुटवलमा सेमिफाइनल सेमिकरण पूरा

तिलोत्तमा, असोज ८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा भएको छ ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज शनिबार क्वाटर फाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने टिमको टुङगो लागेको हो । आज भएको पहिलो क्वाटर फाइनल खेलमा शान्ति नमुनाले लुम्बिनी सिटी कलेजलाई ३–१ को गोल अन्तरले हराउन सफल भएको छ । शान्तिको जीतका लागि शेखर पौडेलले २ गोल गरे भने उत्सव गुरुङले १ गोल थपेका हुन् । यस्तै लुम्बिनी सिटीका लागि १ मात्र गोल सुनिल गुरुङले गर्न सफल भए ।
त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा अक्सफोर्ड मा.वि. ले पर्ल मा. वि.लाई सडेन डेथमा हराएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोएिपछि विजेताको टुङ्गो पेनाल्टी हुँदै सडेन डेथमा गएर लागेको थियो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा जनता मा.वि.लाई १२–२ को गोल अन्तरले हराउदै पामिर इन्टरनेशनल एकेडेमीले सेमिफाइनलको यात्रा तय गरेको छ । पामिरको जीतमा केशव कुमार क्षेत्रीले ट्रिपल ह्याट्रिक गरे भने बिनोद रनपाल, अनमोल कुवँर र आशिस ज्ञवालीले १–१ गोलको योगदान गरे ।
त्यस्तै चौथो क्वाटर फाइनलमा न्यू होराइजन बोडिङले शंकर मा.वि.लाई ३–० को गोल अन्तरले हराएको छ । होराइजनको जीतका लागि मनोज सिल्वालले २ गोल र भेष बहादुर रेष्मीले १ गोल गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत आइतबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनलमा आयोजक शान्ति नमुना मा. वि. र अक्सफोर्ड मा.वि. आमने सामने हुनेछन भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनलमा पामिर एकेडेमीले न्यू होराइजन मा.वि.को सामना गर्ने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक क्लवका सचिव नारायण ज्ञवाली बताउनुभयो ।

शान्तिद्वारा आयोजित फुटवलमा पामिर र अक्सफोर्ड क्वाटर फाइनलमा

तिलोत्तमा, असोज ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा पामिर मा.वि. र अक्सफोर्ड मा.वि. विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आजको पहिलो खेलमा पामिरले न्यू इन्भाइरमेन्टलाई हराएको छ । पामिरले न्यू इन्भाइरमेन्टलाई १–० को गोल अन्तरले हराउन सफल भएको हो । पामिरकोे जीतका लागि केशव क्षेत्रीले निर्णायक गोल गर्न सफल भए ।
त्यस्तै दोस्रो खेलमा जनप्रिय मा.वि.लाई अक्सफोर्डले २–१ को गोल अन्तरले हराएको छ । अक्सफोर्डको जीतको लागि सुरज पराजुली र प्रवेश कार्कीले १–१ गोल गर्न सफल भने जनप्रियका तर्फबाट एक मात्र गोल शिशिर सुनारले फर्काएका थिए । जीतसँगै पामिर र अक्सफोर्डले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल पशुपति मा.वि. र न्यू होराइजन आवासीय मा.वि.बीच हुनेछ । दोस्रो खेलमा देवदह आवासीय मा.वि. बिरुद्ध शंकर मा.वि. खेल्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शनिबारदेखि क्वाटफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्ति नमुना र पर्ल क्वाटर फाइनलमा

तिलोत्तमा, असोज ४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा शान्ति नमुना मा. वि. र पर्ल सेकेन्डरी स्कूल विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज भएको पहिलो खेलमा पर्ल सेकेन्डरी स्कुलले ज्ञानगंगा पाठशालालाई हराएको छ । ज्ञानगंगालाई २–१ को गोल अन्तरले हराउदै पर्ल क्वाटर फाइनलमा प्रवेश गरेको हो । पर्लको लागि दुवै गोल कुनाल गुरुङ्ले गरेका हुन भने ज्ञानगंगाको लागि एक मात्र गोल बिशाल रानाले गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा शान्ति नमुना मा.वि.ले मदरल्यान्ड एकेडेमीलाई ट्राइब्रेकरमा २–१ अन्तरले हराएको छ । शान्तिको जितको लागि गोलकिपर प्रकाश घिमिरेले उत्कृष्ट बचाउ गरेका थिए । जीतसँगै शान्तिले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोर्टस क्लवका सचिव नारायण ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेल शिवपुर माध्यमिक विद्यालय र लुम्बिनी सिटी कलेजबीच हुनेछ । दोस्रो खेलमा स्कलर्स होम बिरुद्ध जनता माध्यमिक विद्यालय खेल्ने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी. ले बताउनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच आत्मीयता र सदभाव बढाउने उद्धेश्यका साथ खेल आयोजना गरिएको शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्तिको खेलमा ज्ञानगंगा बिजयी

तिलोत्तमा, असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आज आइतबार भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ । गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो ।
ज्ञानगंगाका लागि बिशाल राना र सन्तु दंगोरियाले ३–३ गोल गरे भने मिलन राना र राजेश रोकाले १–१ गोल गरेका खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

यसअघि शान्ति नमुना मा.वि. का प्रधानाध्यापक कुल प्रसाद लामिछाने र गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि.का प्रधानाध्यापक केदारचन्द्र पराजुलीले संयुक्त रुपमा रेफ्रीलाई फुटबल प्रदान गरेर आजको खेलको उद्घाटन गर्नुभएको थियो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्तिमा शिक्षा परियोजनाको समीक्षा,सकारात्मक परिवर्तनका लागि शिक्षा : अष्ट्रिलियन राजदुत

तिलोत्तमा, चैत २९ । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको शान्ति नमुमा माध्यमिक विद्यालयमा रिड नेपालद्वारा सञ्चालित शिक्षा परियोजनाको समीक्षा तथा सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपालका लागि अष्ट्रिलियन राजदुत फेलिसिटी भोल्कको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षा परियोजनाले विद्यार्थीमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको, उनीहरुमा आत्मविश्वास र लगनशिलता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको औल्याएका थिए ।

कार्यक्रममा बोल्दै राजदुत भोल्कले नेपाल र अष्ट्रियताबीचको सम्बन्धलाई अझ दीगो बनाउन र नेपालको शिक्षाको बृहतर विकासका लागि यस प्रकारका कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । मानिसमा सकारात्मक परिवर्तनका लागि शिक्षा अनिवार्य सर्त रहेको भन्दै उहाँले नेपालको शिक्षा क्षेत्रमा देखिएको परिवर्तन प्रशंसा योग्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर बोगटीले शिक्षा परियोजनाले लैङ्गिक समानता कायम गर्दै विद्यार्थीहरुमा सक्षमता र शसक्तिकरण गर्न मद्धत पु¥याएको बताउनुभयो ।

विद्यालयमा अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शान्तिलाई देशकै नमुना विद्यालय बनाउन सबै सरोकारवालाहरु लागि परेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उच्च स्तरको सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।

विद्यालयका सह प्रधानाध्यापक किशोर कुमार खनालको सञ्चालनमा भएको कार्यक्रममा रिड नेपालका स्रोत शिक्षक रजनी के. सी.ले परियोजना मार्फत विद्यालयमा सञ्चालित गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले विभिन्न विषयमा प्रस्तुतीकरण राखेका थिए भने सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।
अष्ट्रिलयन एडको सहयोगमा सञ्चालित परियोजना मार्फत बाल अधिकार, लैङ्गिक समानता, सवलीकरण लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।

© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal