आयोजक शान्ति नमुना जिल्ला स्तरीय फुटवलको फाइनलमा

तिलोत्तमा, असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा आयोजक टिम फाइनलमा पुगेको छ ।

रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज आइतबार भएको पहिलो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि. लाई ४–० को गोल अन्तरले हराउँदै शान्ति नमुना फाइनलमा पुग्न सफल भएको हो ।
शान्ति नमुनाको जीतका लागि उत्सव गुरुङले २ गोल गरे भने शेखर पौडेल र पदम चौधरीले १–१ गोलको योगदान गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिको फुटवलमा न्यू होराइजन र शंकर मा.वि. क्वाटर फाइनलमा

तिलोत्तमा, असोज ७ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार भएका खेलमा न्यू होराइजन आवासीय मा.वि. र शंकर मा.वि विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आजको पहिलो खेलमा न्यू होराइजनले पशुपति मा.वि. लाई ५–० को गोल अन्तरले हराउन सफल भएको छ । न्यू होराइजनको जीतका लागि मनोज सिलवालले ह्याट्रिक गरे भने भेष बहादुर रेष्मीले २ गोल गर्न सफल भए ।
त्यस्तै दोस्रो खेलमा देवदह आवासीय मा.वि.लाई शंकर मा. वि.ले १–० को गोल अन्तरले हराएको छ । शंकरको जीतको लागि इश्वर थारुले निर्णायक गोल गरेका थिए । जीतसँगै न्यू होराइजन र शंकर मा.वि.ले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोट्स क्लवका कोषाध्यक्ष प्रकाश चापागाईले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत शनिबारबाट क्वाटर फाइनलका खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनी सिटीले आयोजक शान्ति नमुना मा.वि. को सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा अक्सफोर्ड मा. वि. र पर्ल मा.वि. आमने सामने हुनेछन् । तेस्रो खेल जनता मा.वि र पामिर एकेडेमीबीच हुनेछ भने चौथो खेल न्यू होराइजन आवासीय मा.वि. र शंकर मा. वि.बीच हुने क्लवका सचिव नारायण ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

शान्तिद्वारा आयोजित फुटवलमा पामिर र अक्सफोर्ड क्वाटर फाइनलमा

तिलोत्तमा, असोज ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा पामिर मा.वि. र अक्सफोर्ड मा.वि. विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आजको पहिलो खेलमा पामिरले न्यू इन्भाइरमेन्टलाई हराएको छ । पामिरले न्यू इन्भाइरमेन्टलाई १–० को गोल अन्तरले हराउन सफल भएको हो । पामिरकोे जीतका लागि केशव क्षेत्रीले निर्णायक गोल गर्न सफल भए ।
त्यस्तै दोस्रो खेलमा जनप्रिय मा.वि.लाई अक्सफोर्डले २–१ को गोल अन्तरले हराएको छ । अक्सफोर्डको जीतको लागि सुरज पराजुली र प्रवेश कार्कीले १–१ गोल गर्न सफल भने जनप्रियका तर्फबाट एक मात्र गोल शिशिर सुनारले फर्काएका थिए । जीतसँगै पामिर र अक्सफोर्डले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल पशुपति मा.वि. र न्यू होराइजन आवासीय मा.वि.बीच हुनेछ । दोस्रो खेलमा देवदह आवासीय मा.वि. बिरुद्ध शंकर मा.वि. खेल्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शनिबारदेखि क्वाटफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्ति नमुना र पर्ल क्वाटर फाइनलमा

तिलोत्तमा, असोज ४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा शान्ति नमुना मा. वि. र पर्ल सेकेन्डरी स्कूल विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज भएको पहिलो खेलमा पर्ल सेकेन्डरी स्कुलले ज्ञानगंगा पाठशालालाई हराएको छ । ज्ञानगंगालाई २–१ को गोल अन्तरले हराउदै पर्ल क्वाटर फाइनलमा प्रवेश गरेको हो । पर्लको लागि दुवै गोल कुनाल गुरुङ्ले गरेका हुन भने ज्ञानगंगाको लागि एक मात्र गोल बिशाल रानाले गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा शान्ति नमुना मा.वि.ले मदरल्यान्ड एकेडेमीलाई ट्राइब्रेकरमा २–१ अन्तरले हराएको छ । शान्तिको जितको लागि गोलकिपर प्रकाश घिमिरेले उत्कृष्ट बचाउ गरेका थिए । जीतसँगै शान्तिले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोर्टस क्लवका सचिव नारायण ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेल शिवपुर माध्यमिक विद्यालय र लुम्बिनी सिटी कलेजबीच हुनेछ । दोस्रो खेलमा स्कलर्स होम बिरुद्ध जनता माध्यमिक विद्यालय खेल्ने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी. ले बताउनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच आत्मीयता र सदभाव बढाउने उद्धेश्यका साथ खेल आयोजना गरिएको शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्तिको खेलमा ज्ञानगंगा बिजयी

तिलोत्तमा, असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आज आइतबार भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ । गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो ।
ज्ञानगंगाका लागि बिशाल राना र सन्तु दंगोरियाले ३–३ गोल गरे भने मिलन राना र राजेश रोकाले १–१ गोल गरेका खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

यसअघि शान्ति नमुना मा.वि. का प्रधानाध्यापक कुल प्रसाद लामिछाने र गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि.का प्रधानाध्यापक केदारचन्द्र पराजुलीले संयुक्त रुपमा रेफ्रीलाई फुटबल प्रदान गरेर आजको खेलको उद्घाटन गर्नुभएको थियो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

तिलोत्तमा, भदौ २७ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।

यहि भदौ ३० गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ । प्रतियोगिता मार्फत जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
विगतमा नगरस्तरीय प्रतियोगिता आयोजना हुँदै आएकोमा यस वर्षदेखि जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनाले मनायो ६३ औं वार्षिकोत्सव, आर्थिक समृद्धिका लागि एम.सि.सि. : मन्त्री खाँण

तिलोत्तमा, फागुन २४ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै गृह मन्त्री बालकृष्ण खाँणले देशको आर्थिक समृद्धिका लागि एम.सि.सि. परियोजना कोसेढुगां सावित हुने बताउनुभएको छ । खेर गैरहेको जलस्रोतलाई सहि सदुपयोग गरेर त्यसबाट उत्पादन हुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान गर्न मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले देशको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी गतिविधि सञ्चालन गर्ने कुनै पनि दल वा समूहप्रति सरकार कठोर रहने बताउनुभयो । उहाँले कुनै पनि बहानामा नागरिकको ज्यान जाने अवस्था नआओस् भन्ने प्रति सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद रमा अर्याल,  तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक मनोज गैरे, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, नेपाल सरकारका सहसचिव तथा सह न्यायाधिवक्ता मोहन सागर बस्याल, शिक्षक महासंघ रुपन्देहीका सचिव लिलाधर न्यौैपाने, देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम शर्मा लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि खटिने २४ जना शिक्षक कर्मचारीहरु र २ जना विद्यालय व्यवस्थापन समिति सदस्यलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा अक्षयकोष स्थापना गर्ने ११ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ३ वटा संस्थालाई सम्मान गरिएको थियो ।

यसैगरी एस.इ.इ.मा जि.पि.ए. ४ प्राप्त गर्न सफल ५ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जि.पि.ए. ३.९० भन्दा माथि प्राप्त गर्ने १६ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । त्यस्तै दाताहरुले स्थापना गर्नुभएका ६५ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ३२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै गत वर्ष एस.इ.इ. उत्तीर्ण ४ सय ४२ जना र कक्षा १२ उत्तीर्ण ३ सय ६३ जना विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

यसैबीच मन्त्री बालकृष्ण खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे भवन, एच.एम. ल्यावको उद्घाटन गर्नुभएको छ । नमूना विद्यालय अनुदान सहयोग र आन्तरिक श्रोतबाट उक्त भवनहरु निर्माण गरिएको हो । यसैगरी मन्त्री खाँणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गर्नुभएको सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।


कार्यक्रममा शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यम संयोजक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।
विद्यालयमा हाल करिव ४३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ५० जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार कृष्ण मल्ललाई पुरष्कृत गरिएको छ । स्व. फत्त बहादुर/ देउमती काउँचा स्मृति पत्रकारिता पुरष्कारबाट मल्ललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । बुटवल टुडे दैनिकका सम्पादक तथा शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष रहनुभएका मल्ललाई शान्ति नमुना सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रिकारिताको माध्यमबाट गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले जानकारी दिनुभयो ।

© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal