शान्ति नमुनामा विभिन्न प्रतियोगिता सम्पन्न

रुपन्देही, माघ २६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे र समिक्षा पंगेनीको समूह प्रथम भएको छ । यस्तै आर्यन भुसाल, अरिका पान्डे र कपिल भण्डारीको समूह द्वितीय , केदार ज्ञवाली, आदित्य विश्वकर्मा र सलिना रेग्मीको समूह तृतीय तथा हिमा पंगेनी, अञ्जली गुप्ता र अनु कुमारी कुवरको समूहले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
हाजिरी जवाफ क्लवका संयोजक मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुबिच भएको वक्तृत्वकला प्रतियोगितामा साक्षी गुप्ता प्रथम, एन्जिला पाण्डे द्वितीय , आविश्कार ज्ञवाली तृतीय र सुरेन्द्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी.को अध्यक्षता तथा शिक्षक भीमलाल भुसालको सञ्चालनमा भएको प्रतियोगितामा कोपिला शर्मा, जमुना रिजाल र बिमला अर्याल निर्णायकको रुपमा रहनुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म भएको छात्रातर्फको फुटवलमा निलगिरी सदन प्रथम, मनास्लु सदन द्वितीय र कञ्जनजङ्गा सदन तृतीय भएका छन् । छात्रतर्फको क्रिकेट प्रतियोगितामा सगरमाथा सदन प्रथम र मनास्लु सदन द्वितीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी ८०० मिटर, ४०० मिटर दौड, कबड्डी, ट्रिपल जम्प, भलिवल लगायतका खेलहरु समेत सम्पन्न भएको विद्यालयले जनाएको छ । यस्तै छात्रतर्फको घैटो फोडमा विज्ञान गिरी प्रथम भएका छन् ।
वार्षिकोत्सवको अवसरमा माघ २८ गते आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा खाना महोत्सव, २९ गते रक्तदान, पढाई महोत्सव, शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले बताउनुभयो ।
वार्षिकोत्सवको मूल समारोह फागुन २ गते हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ ।

शान्ति नमुनामा रचनात्मक कार्यक्रम

रुपन्देही, माघ २५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा बिहिबार विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
विद्यालयको ६५ औं वार्षिकोत्वका अवसरमा भएको कक्षा ११ र १२ तर्फको कविता वाचन प्रतियोगितामा विवेक बस्याल प्रथम, विकास खनाल द्वितीय , आशिक पन्थी तृतीय र विपना भण्डारीले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
यस्तै वादविवाद प्रतियोगितामा सम्पदा भट्टराई प्रथम, आशिक पन्थी द्वितीय , प्रवेश पाण्डे तृतीय र योजना सारुले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा अधिवक्ता तुल्सीराम ढकाल, शिक्षकहरु भीमलाल भुसाल, जमुना रिजाल, उदयराज बस्याल र गणेश ज्ञवाली निर्णायकको रुपमा रहनुभएको थियो ।
यस्तै कक्षा ६ देखि ९ सम्म भएको कविता वाचन प्रतियोगितामा शुभेच्क्षा पाण्डे प्रथम, सुरेन्द्र बानिया द्वितीय , साक्षी गुप्ता तृतीय र नेत्र बाँनियाले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
त्यस्तै वादविवाद प्रतियोगितामा सुरेन्द्र बाँनिया प्रथम, एन्जिला पाण्डे द्वितीय , शुभेच्क्षा पाण्डे तृतीय र ईशा न्यौपानेले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरु आनन्द प्रसाद अर्याल, ज्योती अर्याल र बिमला अर्याल निर्णायकको भूमिकामा रहनुभएको थियो ।
रचनात्मक कार्यक्रम अन्तरगत शुक्रबार कक्षा ११ र १२ तर्फ हाजिरी जवाफ प्रतियोगिता र कक्षा ६ देखि ९ सम्म वक्तृत्वकला प्रतियोगिता हुने विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले बताउनुभयो ।
यस्तै खेल सप्ताह अन्तरगत बिहिबार क्रिकेट, ४०० र ८०० मिटर दौड, हाइजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, घैटो फोड लगायतका खेलहरु सम्पन्न भएको विद्यालयले जनाएको छ ।

शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

रुपन्देही,माघ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ २८ गते आइतबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।
वार्षिकोत्सजको अवसरमा माघ २८ गते खाना महोत्सव, २९ गते रक्तदान र फागुन २ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा खेल सप्ताह जारी

रूपन्देही, माघ २३ । रूपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत मंगलबार पनि विभिन्न क्षेत्रका खेल भएका छन् । जुनियर १–३, सेक्टर २ (४–५), ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।
दोस्रो दिनको खेलमा ६–९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।
आज भएको चेसको फाइनलमा कक्षा नौका शिशिर बस्याल प्रथम, कक्षा सातका उत्सव खरेल द्वितीय र कक्षा नौका पवन काफ्ले तृतीय भएका छन् ।
यस्तै शिक्षकहरुबीच भएको कुर्सी दौडमा जनुका रेग्मी प्रथम, गोमता ढकाल द्वितीय र गीता पन्थी तृतीय भएको प्रतियोगिता संयोजक सीता गौतमले जानकारी दिनुभयो ।
जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र–छात्रा, थ्री लेग रेस, मिठाई दौड, शुज रेस, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, ब्याग रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु भएको प्राथमिक तह इन्चार्ज बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कक्षा कक्षा ११ र १२ तर्फ सटपुट, फुटबल, ब्याडमिन्टन, हाइजम्प, लङ्गजम्प, १०० मिटर दौड लगायतका प्रतियोगिता सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा अन्तरक्रिया कार्यक्रम

रुपन्देही, मंसिर १७ ।  रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा ३२ औं विश्व अपाङ्गता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक, शिक्षक तथा विद्यार्थीहरु बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालयका समाहित शिक्षा संयोजक शिक्षक सीता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले सबै प्रकारका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने काममा लागिरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई अझ सहज वातावरणमा सिकाई उपलब्धि हासिल गर्न मद्धत गर्ने प्रतिवद्दता जनाउनुभयो ।
आषिश ढकालको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक रामप्रसाद पौडेल, शारदा घिमिरे, अटिजम रुपन्देहीकी मोनिका घिमिरे, वायुन रुपन्देहीका सन्तोष न्यौपाने लगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सिकाई उपलब्धि तथा विद्यालयले गरेका विविध कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस्तै अटिजम र अन्य शारीरिक अपाङ्गताका विषयमा समेत जानकारी गराइएको थियो ।

शान्ति नमुना र न्यू होराइजन फाइनलमा भिड्ने

तिलोत्तमा, असोज २९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा होराइजन जिविएसलाई २–० गोल अन्तरले हराउदै आयोजक शान्ति नमुनाको समूह बि फाइनलमा प्रवेश गरेको हो । शान्तिको जितका लागि सुरज थापाले दुवै गोल गरेका थिए । यस्तै अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै न्यू होराइजन मा.वि. फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलमा होराइजन जि.वि.एस.का विष्णु पल्ली र अक्सफोर्ड मा.वि.का सुरज पराजुली म्यान अफ दि म्याच भई पुरस्कृत भएको प्राविधिक संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार ३ बजे तेस्रो स्थानका लागि होराइजन जि.वि.एस. र अक्सफोर्ड मा.वि. खेल्नेछन् भने ४ बजे हुने फाइनल खेलमा गत वर्षको विजेता शान्ति नमुना र गत वर्षको उपविजेता न्यू होराइजन आमने सामने हुने छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।

 

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

 

तिलोत्तमा, असोज २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का गणेश पराजुली, अरनिको बोर्डिङका अजय थापा र न्यू इन्भाइरमेन्ट मा.वि.का पदम राना म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
सोमबार ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविएसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

शान्तिमा जारी फुटबलमा आइतबारदेखि क्वाटर फाइनलका खेल हुने

तिलोत्तमा, असोज २७ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबारदेखि क्वाटर फाइनलका खेल हुने भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलहरुबाट क्वाटर फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलमा आयोजक शान्ति नमुनाका दुवै समुह, लिटल प्याराडाइज बोर्डिङ, होराइजन जि.वि.एस., अरनिको बोर्डिङ, अक्सफोर्ड मा.वि., न्यू होराइजन मा.वि. र न्यू इन्भाइरमेन्ट मा.वि.ले क्वाटर फाइनलका लागि सिट सुरक्षित गरेका हुन् ।
आज सञ्चालित खेलहरुमा सिद्धार्थ बोर्डिङका संगम सिंजाली, स्कलर्स होमका विवेक मल्ल, जनभावना मा.वि.का युवराज भट्टराई, केरवानी मा.वि. का संगम काफ्ले, शंकरनगर दुर्गादत्त मा.वि.का सागर थापा, देवदह मा.वि.का दिल कुमार बि.क., बुटवल पब्लिकका पूर्ण बहादुर श्रेष्ठ, पशुपति मा.वि. का रविन सारु म्यान अफ दि म्यान भई पुरस्कृत भएको शान्ति स्र्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी. बताउनुभयो ।
आइतबारको पहिलो खेलमा बिहान ७ बजे होराइजन जिविसले शान्ति नमुना समूह ए को सामना गर्नेछ भने दोस्रो खेलमा लिटल प्याराडाइज र शान्ति नमुनाको समूह बि आमने सामने हुनेछन् ।
त्यस्तै साँझ हुने तेस्रो खेलमा अरनिको बोर्डिङ र अक्सफोर्ड मा.वि.ले प्रतिस्पर्धा गर्नेछन् भने अन्तिम खेलमा न्यू होराइजन मा.वि.ले न्यू इन्भाइरमेन्ट मा.वि.को सामना गर्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका प्राविधिक संयोजक शुसिल पाण्डेले बताउनुभयो ।

 

शान्तिको फुटबलमा सिद्धार्थ र जनभावना विजयी

तिलोत्तमा, असोज २५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा आज बिहिबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आजको खेलमा सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल र जनभावना मा.वि. विजयी भएका छन् ।
आजको पहिलो खेलमा सिद्धार्थले नविन औद्योगिक कद्धर बहादुर रीता माध्यमिक विद्यालयललाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा जनभावना मा.वि.ले जन ज्योती मा.वि.लाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो । दुवै खेलहरु निर्धारित समयमा गोल रहित बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा धकलिएका थिए ।
आजको पहिलो खेलमा नविन औद्योगिकका केशव भण्डारी र दोस्रो खेलमा जन ज्योतीका सुदिप पाण्डे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।
यसअघि क्लवका अध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले खेलको माध्यमबाट विद्यालयका शिक्षक कर्मचारीबिचको आत्मीयता अभिबृद्धि हुने हुँदा यस प्रकारको खेल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, कार्यपालिका सदस्य सुरेन्द्र श्री, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो ।
प्रतियोगिता अन्तरगत भोलीको खेलमा पर्ल सेकेन्डरी स्कुलले देवदह माध्यमिक विद्यालयको सामना गर्नेछ भने दोस्रो खेलमा शान्ति नमुनाको समुह सि र पशुपति मा.वि.को समुहबिच खेल हुने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

शान्ति नमुनामा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण

तिलोत्तमा, साउन २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा
कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक धारतर्फका संयोजक भीम पाण्डे, एचएम विषय संयोजक ओम खत्रीले विद्यार्थीहरुलाई सम्बन्धि विषय र सो क्षेत्रका अवसरका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कक्षा ११ तथा डिएचएमका संयोजक भोजराज वस्तीको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यस्थापन, शिक्षा र कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस्तै, विज्ञान विषयमा भर्ना भएका विद्यार्थीहरुको लागि पनि दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सहायक–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान विषय संयोजक लिलाबल्लभ पाण्डेले विज्ञान विषयका अवसरका क्षेत्रहरु बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले हजारौ विद्यार्थीहरुको शैक्षिक सहयात्री बनेर सक्षम र नैतिकवान नागरिक उत्पादनमा विद्यालय परिवार लागि पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण शिक्षक दिग्विजय अधिकारीले गर्नुभएको थियो ।

© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal